
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘आशा’ फिल्मकी निर्मात्री शर्मिला थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका सम्मानित, ‘शारदा’ पत्रिका विमोचन
- ‘चंगुल’को प्रिमियर सम्पन्न: जेन्जी आन्दोलनका घाइतेहरू सम्मानित, नाफाको केही हिस्सा बाढीपीडित र घाइतेलाई दिइने
- तेह्रथुमबाट सुरु भयो ‘सुरताल म्युजिकल टुर’, एउटै स्टेजमा प्रमोद, प्रकाश र देबेन्द्र
- निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो
- सरकारी महिला कर्मचारीलाई महिनावारी बिदाको प्रस्ताव
- सिंहदरबार वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन
- राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
- एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए
- बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने
ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ,
खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण भएको छ ।
राष्ट्रियसभा बैठकको आजको शून्य समयमा सांसदहरुले सो विषयमा राष्ट्रियसभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद गीता देवकोटाले पारदर्शी वितरण प्रणाली कायम गर्न, कालोबजारी नियन्त्रण गर्न तथा पर्याप्त ग्यास भण्डारणको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रञ्जित कर्णले ग्यास अभावका कारण दैनिक जीवनमा समस्या आएकाले ग्यासको विकल्प रोज्नुपर्ने बताउनुभयो । त्यस्तै, सांसद रोश्नी मेचेले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
शून्य समयमा बोल्दै सांसदले रोल्पा, जाजरकोटलगायतका जिल्लामा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रतिमा दुःख व्यक्त गर्दै प्रभावित तथा विस्थापित परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद मिना सिंह रखालले विपद् केबल प्राकृतिक घटना नभई पूर्वतयारी, उद्धार र राज्यको तत्काल उपस्थितिको परीक्षासमेत भएको बताउनुभयो । सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो । सांसद रामकुमारी झाँक्रीले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने गृहमन्त्री र सुरक्षाकर्मीमाथि अनावश्यक लाञ्छना लगाइएको भन्दै आपत्ति जनाउनुभयो ।