सुचना, समाचार र मनोरन्जन

टी ट्वान्टी सिरिजः नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ,
अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि ट्वान्टी सिरिज’ अन्तर्गत नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकविरुद्धको खेलमा नेपाल ‘ए’ ले टस हारेको छ ।
प्रतियोगितामा घरेलु टोली एनटी स्ट्राइकले टस जितेर फिल्डिङ गरिरहेको छ । यससँगै नेपाल ‘ए’ ले पहिला ब्याटिङ गर्दै चार ओभरको खेलमा दुई विकेट गुमाएर ३० रन बनाएको छ ।
यही यदौ १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । जसमा बङ्गलादेश र न्यूजील्याण्डले ‘ए’ टोली पठाएको छ भने अन्य अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका टिम रहेका छन् ।
प्रतियोगितामा नेपाल ‘ए’ सहित एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरिया रहेका छन् ।
नेपाली खेलाडीमा कप्तान अनिलकुमार शाहसहित कुशल भूर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव‚ दीपक डुम्रे लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी‚ विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन् ।
Leave A Reply

Your email address will not be published.