सुचना, समाचार र मनोरन्जन

रास्वपा सचिवालयमा ११ जना थपिए

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सचिवालयमा ११ जनालाई मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा ११ जना थपेको हो।

सचिवालयमा मनोनीत हुनेहरूमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी,शिशिर खनाल,गणेश पराजुली, विराजभक्त श्रेष्ठ,दीपक बोहरा, समीक्षा बास्कोटा रहेका छन्। त्यस्तै शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव पनि सचिवालयमा अटाएका छन्।

रास्वपाको सचिवालय ३३ सदस्यीय रहने व्यवस्था छ। जसमध्ये सात जना महाधिवेशनबाट निर्वाचित भइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.