सुचना, समाचार र मनोरन्जन

आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदाको प्रस्ताव

काठमाडौँ,

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भएको छ।

कानुनमन्त्री सोबिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा छ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको छ।

Pach Pandav

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै कानुनमन्त्री गौतमले आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताएकी छन्। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उनको ठम्याइ छ।

प्रस्तावित विधेयकमा आमाका लागि कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबाका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदाको व्यवस्था गरिएको छ। यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वको सन्दर्भमा महत्त्वपूर्ण नीतिगत परिवर्तनका रूपमा हेरिएको छ।

बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएको मन्त्री गौतमको भनाइ छ। अभिभावकत्व संयुक्त जिम्मेवारी भएको उल्लेख गर्दै उनले संसद्मा विधेयक लैजाने तयारी भइरहेको जानकारी दिएकी छन्।

Leave A Reply

Your email address will not be published.