काठमाडौं :
म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक गरिएको छ। करिब ७ मिनेट लामो म्युजिकल भिडियोमा समीर आचार्य र अञ्जुली हमालको स्वर छ। फिचरिङ शिभान्सी खड्काको छ ।
शब्द र संगीत पनि समीर स्वयंको छ। भिडियोमा शिभान्सी खड्काको अभिनय छ। रोशन विश्वकर्माको कोरियोग्राफी छ। प्रविन भट्टको सम्पादन रहेको भिडियो अनिल मानन्धरले खिचेका हुन् । भिडियो निर्देशन सुनिल बिकले गरेका छन्।

म्युजिकल फिल्मले आवरणमा सुन्दरता खोज्ने समाजको कमजोर चेतनामाथि प्रश्न उठाएको छ। मेकअप गरेर सेतो छाला देखाएर त्यही नै सुन्दरता हो भन्ने समाजप्रति औँला उठाएको म्युजिकल फिल्मले असली सुन्दरता आवरणमा नभएर व्यक्तिको सोच र कर्ममा हुने प्रस्ट पारेको छ।
वास्तविकता छोपेर देखाइने चम्किलो अनुहारलाई नै सुन्दरता मान्नु भ्रम मात्रै भएको सन्देश दिन म्युजिकल फिल्मले भ्रमको पछि नलाग्न सुझाएको छ।जो आफ्नो मेहनत, परिश्रम र लगावले कर्म गरेर स्वाबलम्बी बन्छ, यही नै असली अर्थमा मिस नेपाल भएको गीतको निष्कर्ष छ।