सुचना, समाचार र मनोरन्जन

राष्ट्रसंघ मुख्यालयमा प्रधानमन्त्री बालेन शाह र महासचिव गुटेरेसबिच भेटवार्ता

काठमाडौँ,

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।

Pach Pandav

भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । रसुवाको भोटेकोशी नदीमा आएको विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।

त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताए । उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे ।

महासभामा सहभागिताका लागि प्रधानमन्त्री शाह बुधबार राति अमेरिका पुगेका हुन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछिको यो उनको पहिलो विदेश भ्रमण हो । भ्रमण तालिकाअनुसार उनी आगामी असोज १० गते स्वदेश फर्किनेछन् ।

Leave A Reply

Your email address will not be published.