Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नारायणीको जलसतह हालसम्मकै उच्च
- सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
- नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई.रामबहादुर के.सीको सशक्त उम्मेदवारी
- कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
- नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
- कांग्रेस सभापति थापाद्वारा राहत र उद्धारमा जुट्न निर्देशन
- भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
- प्रवासी नेपालीद्वारा भोटेकोशी बाढीपीडितलाई दुई लाख २६ हजार अमेरिकी डलर प्रदान
- बाढी र झरिको असर पर्यटन व्यवसायमा
- भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
म्याग्दी,
कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरिका कारण आज बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान गर्न थालेको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेशटोलको पछाडी कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खाल बाढीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको हो । करिब १०० मिटर तटबन्ध बाढीले भत्काएर कटान गरेको हो । तटबन्ध र कुनातर्फ बनाइएको सडक बाढीले भत्काएको छ ।
जोखिममा परेका घरका बासिन्दा र सामानलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ । उक्त ठाउँमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजित प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले बेनी चक्रपथ सडक बनाएका थिए । कालीपुलका बासिन्दाहरु राति नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा आएर बसेका थिए । थप क्षति हुन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ ।
बेनी–७ र ८ मा पर्ने बेनी बजारमा ५०० भन्दा बढी परिवारको बसोबास छ । बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा बाढीको सतहले खतराको तह पार गरेको छ । सदरमुकाम बेनीदेखि प्रदेश र सङ्घीय राजधानी जोड्ने मालढुङ्गा बेनी सडक अवरुद्ध छ । शनिबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको छ । बेनीमा खानेपानीको आपूर्ति हुन सकेको छैन । बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सडक पनि अवरुद्ध भएको छ ।