सुचना, समाचार र मनोरन्जन

कास्की २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा व्यवसायी सौगात थापाको उम्मेदवारी

पोखरा:

पोखराका उद्यमी सौगात थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। थापाले ३५ वर्षमुनिको युवा समूहका तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

पोखरा उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित उद्योग उपाध्यक्ष एवम् अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक सौगात थापाले निजी क्षेत्रको नेतृत्व र व्यवस्थापकीय अनुभवलाई पार्टी सङ्गठन सुदृढीकरणमा प्रयोग गर्ने बताएका छन्। नेपाली कांग्रेसले ३५ वर्षमुनिका युवाका लागि गरेको वैधानिक व्यवस्थालाई उपयोग गर्दै थापाले पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा युवाको प्रत्यक्ष सहभागिता हुनुपर्ने एजेन्डा अघि सारेका छन्।

पार्टीको कार्यशैलीलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्घोष गरेका थापाले अग्रजको अनुभव र युवाको ऊर्जालाई समन्वय गरेर सङ्गठन विस्तार गर्ने दाबी गरेका छन्। व्यावसायिक क्षेत्रमा सफल मानिएका थापाको प्रवेशले कास्की कांग्रेसमा उद्योग-व्यवसाय क्षेत्रका युवाहरूलाई जोड्ने र क्षेत्रीय राजनीतिमा नयाँ समीकरण बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.