सुचना, समाचार र मनोरन्जन

कास्की-१ बाट महाधिवेशन प्रतिनिधिमा इ. सागर मोहन भट्टराईको उम्मेदवारी

पोखरा,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि (पेशागत विज्ञ) पदमा इन्जिनियर सागर मोहन भट्टराईले उम्मेदवारी प्रस्तुत गरेका छन्।

पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएका भट्टराईले आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको निरन्तर सक्रियता, पेशागत अनुभव र संगठनमा प्राप्त जिम्मेवारीलाई थप फराकिलो भूमिकामा लैजाने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

भट्टराईले नेपाली कांग्रेसमा नगर/महानगर सदस्य तथा जिल्ला कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेका छन्। साथै, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन) मा समेत सक्रिय रहँदै उनले सांगठनिक तथा पेशागत क्षेत्रमा अनुभव हासिल गरेका छन्।

मेकानिकल इन्जिनियरिङमा बीई गरेका भट्टराईले जर्मनीबाट इनर्जी सिस्टम्समा स्नातकोत्तर अध्ययन गरेका छन्। उनले आफ्नो प्राविधिक ज्ञान, पेशागत दक्षता र सांगठनिक अनुभवलाई पार्टीको नीति, योजना तथा नयाँ पुस्ताको सहभागितासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भट्टराईले पार्टीप्रतिको निरन्तर सक्रियता, पेशागत अनुभव र संगठनप्रतिको प्रतिबद्धतालाई आगामी दिनमा पनि जिम्मेवारीपूर्वक अघि बढाउने बताएका छन्।

उनले कास्की क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै आफ्नो अनुभव, क्षमता र प्रतिबद्धताको मूल्यांकन गरी सहयोग गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.