सुचना, समाचार र मनोरन्जन

विश्व मुटु दिवसमा कलाकार र डाक्टरहरूबीच मैत्रीपूर्ण फुत्सल प्रतियोगिता

काठमाडौँ :

विश्व मुटु दिवस (सेप्टेम्बर २९/असोज १३) को अवसरमा ‘स्वस्थ मुटु, स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपाल चलचित्र कलाकार संघ र कार्डियाक सोसाइटी अफ नेपालबीच मैत्रीपूर्ण फुत्सल प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँको हात्तीगौँडास्थित ‘मैदान फुटसल’मा उक्त खेल आयोजना गरिएको हो।

कार्यक्रमलाई सफल पार्न नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक रवीन्द्र खड्का, पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ अभिनेता धिरेन शाक्य (टिम क्याप्टेन), आकाश श्रेष्ठ, बद्री पंगेनी, डिबी आले, डम्बर नेपाली, पवन गुरुङ, रामशरण जंगम, शिवहरी नेपाल बैरागी, दिनेश कार्की, सुनिल कटुवाल, जीवन थापा, इन्द्रबहादुर लामा ‘खम्बे’, गोपाल ढकाल ‘छन्दे’, पूजना प्रधान गुरुङ, चन्द्रकला राई, श्रीदेव भट्टराई, नारायण प्रधान, धर्मेन्द्र आचार्य, नवराज दुरा वैद्य लगायतका कलाकारहरूको उपस्थिति तथा सहभागिता रहेको थियो।

यसैगरी, कार्डियाक सोसाइटी अफ नेपालका तर्फबाट डा. रिजु मानन्धरको कप्तानीमा डा. चन्द्रमणि अधिकारी, डा. कुन्साङ शेर्पा, डा. चन्द्रमणि पौडेल, डा. राममणि गजुरेल, डा. अमृत बोकटी, डा. निरल तिमल्सिना, डा. पारस कोइराला, डा. प्रवेश राजथला, डा. आनन्द खनाल, डा. निशेष बस्नेत, डा. रणजित बराल, डा. सफल राजभण्डारी, अञ्जन आचार्य, श्रीधर भट्टराई, सोवित खड्का, शिल्पा अर्याल, अञ्जन विष्ट र रवी शर्मा लगायतका चिकित्सकहरूको सहभागिता रहेको थियो।

चलचित्र कलाकार संघका तर्फबाट पूर्वअध्यक्ष एवं सल्लाहकार रवीन्द्र खड्काले कार्यक्रमको संयोजन गरेका थिए। सो अवसरमा डा. चन्द्रमणि अधिकारी र डा. रिजु मानन्धरले मुटुलाई स्वस्थ राख्न अपनाउनुपर्ने उपायहरूबारे प्रकाश पारेका थिए। त्यस्तै, पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, संयोजक रवीन्द्र खड्का र अभिनेता धिरेन शाक्यले दैनिक खेलकुद र व्यायामले मुटु रोगबाट जोगिन ठूलो मद्दत पुग्ने कुरामा जोड दिए।

कार्यक्रमको सहजीकरण कलाकार संघका सचिव गोपाल ढकालले गरेका थिए। कार्यक्रमका लागि हात्तीगौँडास्थित मैदान फुटसलले नि:शुल्क मैदान उपलब्ध गराएको थियो। अन्तमा, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले जनचेतनामूलक तथा महत्त्वपूर्ण कार्यक्रम सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउने सम्पूर्ण कलाकार, चिकित्सक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

Leave A Reply

Your email address will not be published.