धादिङ,
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आज बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन् । विभिन्न स्थानमा गएको पहिरो तथा सडक भासिएपछि हाल एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।
आवश्यक सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ र जिल्ला आपतकालीन सञ्चालन केन्द्र १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ ।