Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नेपाल-युएई सम्बन्धको ५० वर्ष: नेपालका ७० प्रेरक कथा समेटिएको ‘एभरेस्ट टु इमिरेट्स’ पुस्तक प्रकाशन हुँदै
- विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
- खगेन्द्र नवजीवन केन्द्रमा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित
- विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह
- ‘आ बाट आमा २’ को अन्तिम सेड्युलका लागि पल शाह, निर्देशक चन्द्र पन्त र रिश्ता गुरुङसहितको टिम हङकङमा
- बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो
- ‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि
- बेलायतमा अक्टोबर ९ मा ‘सुम्निमा साँझ’ हुँदै, आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिइने
- फिल्म ‘कंगाल करोडपति’को छायांकन गोकर्णबाट सुरु
- बाढी प्रभावित बेनीमा खानेपानी अभाव
बाढी प्रभावित बेनीमा खानेपानी अभाव
म्याग्दी,
केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ ।
यही असोज ८ देखि ११ गतेसम्म परेको पानीपछि आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क र डाडाँखर्कको मुहनाबाट बेनीमा लगिएको खानेपानीको पाइप बैसरीदेखि डल्लेपीपल खण्डमा क्षति पुर्याएको छ । करिब १२ किलोमिटर पाइपलाइनमा बाढी र पहिरोका कारण क्षति हुँदा चार दिनदेखि रिठ्ठाखर्क र डाँडाखर्कको मुहानबाट खानेपानी आपूर्ति हुन नसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।
“पानीका वैकल्पिक स्रोतको पहिचान गरी अस्थायी रूपमा पानी आपूर्ति गर्न संस्थाले प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो, “बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तीनै तहका सकारकाको सहयोग मागेका छौ ।”
संस्थामार्फत बेनी नगरपालिका–२ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका एक हजार २१६ घर परिवारका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हुदैँ आएको थियो । विसं २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो ।
रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हदैँ आएको छ । बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना निर्माण भए पनि बाढीले क्षति पु¥याएकाले सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष गिरीले बताउनुभयो ।
बाढीले खानेपानीको पाइपमा क्षति पुर्याएरपछि उपभोक्ताले बोतल, जारको पानी किन्ने अथवा खोल्सा, मुहान र व्यक्तिगत मुहानबाट पानीको जोहो गर्नुपर्ने अवस्था छ । खानेपानीको सहज आपूर्ति नहुँदा पिउन, स्नान गर्न, कपडा, भाडाधुन, खाना पकाउने पानीका लागि धेरै समय खर्चनु परेको छ ।
बेनी नगरपालिका, बौद्ध युवा क्लब र गङ्गा जिसी फाउण्डेशनले पानीको अभाव तार्न मुहानबाट ट्याङ्करमा ओसारेर बजारवासीलाई वितरण थालेको क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।