सुचना, समाचार र मनोरन्जन

विपना, वर्षा र महेशको मुख्य अभिनय रहने फिल्म ‘बाकस’को औपचारिक घोषणा

काठमाडौँ।

नेपाली कथानक चलचित्र ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ। ललितपुरस्थित प्रसिद्ध बगलामुखी मन्दिरमा पूजाअर्चना गर्दै निर्माण टोलीले फिल्मको औपचारिक शुभमुहूर्त गरेको हो।

मुहूर्त समारोहमा अभिनेत्री विपना थापा,वर्षा राउत,अभिनेता महेश त्रिपाठी, भोलाराज सापकोटा, बालकलाकार सुपला सापकोटा,ध्रुव कोइराला, पुष्कर राउत र विक्रम बुढाथोकी लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।

Chaka Panja

पिके इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई नवीन पन्तले निर्देशन गर्दै छन्। चलचित्रको कथा पनि निर्देशक पन्त स्वयंले लेखेका हुन्। यसै फिल्ममार्फत कलाकार भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ पर्दा (स्क्रिन) सेयर गर्दै छन्, जसलाई लिएर निर्माण टोली निकै उत्साहित देखिएको छ।

चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको मुख्य अभिनय रहनेछ। साथै बालकलाकारका रूपमा सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालाई देख्न सकिनेछ।सुजिता चौलागाईं निर्माता रहेको यस चलचित्रको सह-निर्मातामा राजन सिंह केसी र छत्रबहादुर खड्का रहेका छन् भने कार्यकारी निर्माता  धीरेन्द्र पन्त हुन्।

महेश पौडेलको छायाङ्कन रहने फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको सङ्गीत, किरण दाहालको द्वन्द्व निर्देशन, सियोन श्रेष्ठको नृत्य निर्देशन, उर्मिला लामाको श्रृङ्गार, ज्योति केसी र निराजन घिमिरेको कस्ट्युम डिजाइन तथा आइडलको पोस्टर डिजाइन रहनेछ। त्यस्तै, फिल्मको मुख्य सहायक निर्देशक मणि तामाङ हुन् भने सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सह-निर्देशकका रूपमा रहेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी निर्मल न्यौपानेले सम्हालेका छन्। निर्माण पक्षका अनुसार दशैँ लगत्तै चलचित्रको छायाङ्कन (सुटिङ) सुरु गरिनेछ।

Leave A Reply

Your email address will not be published.