सुचना, समाचार र मनोरन्जन

तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार घट्यो

काठमाडौं,

बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।

Chaka Panja

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो । आइतबार चाँदीको भाउ ४ हजार ४४० रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.