सुचना, समाचार र मनोरन्जन

पोखरा एभेन्जर्सको पहिलो खेल बुधबार, हल्लनचोकको फ्यान पार्कमा लाइभ हेर्न पाइने

पोखरा,

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले बुधबार आफ्नो पहिलो खेल खेल्दैछ। पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। खेललाई लिएर पोखरामा क्रिकेट समर्थकको उत्साह बढाउने उद्देश्यसहित आधिकारिक फ्यान पार्कसमेत सञ्चालनमा ल्याइएको छ।

कात्तिक ११ गते बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको सामना गर्न लागेको हो।

Pach Pandav

पोखरामै बसेर खेलको रोमाञ्च अनुभव गर्न चाहने समर्थकका लागि पोखरा एभेन्जर्सले लेकसाइडको हल्लनचोकस्थित क्याम्पिङ चौरमा आधिकारिक फ्यान पार्क सञ्चालन गरेको छ। त्यहाँ ठूलो एलईडी स्क्रिनमा एनपीएलका खेल प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको छ। खेलसँगै सङ्गीत, खानपान, विभिन्न खेल गतिविधि र परिवारका सदस्यका लागि छुट्टै क्षेत्रको सुविधासमेत राखिएको छ।

फ्यान पार्कमा प्रवेशका लागि पहिलो दिन निःशुल्क व्यवस्था गरिएको थियो भने त्यसपछिका दिनमा कम्तीमा ४९९ रुपैयाँको खरिदसहित एक्सपेरियन्स कुपन लिनुपर्ने व्यवस्था छ। प्रवेश कुपन अनलाइनबाट पनि बुक गर्न सकिनेछ।

पोखरा एभेन्जर्सको खेल सामूहिक रूपमा हेर्न चाहने क्रिकेटप्रेमीका लागि फ्यान पार्क भेटघाट र मनोरञ्जनको साझा गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.