सुचना, समाचार र मनोरन्जन

पोखरामा कात्तिक १५ गते ‘रोयल ब्लु कमेडी उत्सव’, ६ चर्चित हास्यकलाकारको प्रस्तुति रहने

पोखरा,

हाँसो र मनोरञ्जनले भरिएको साँझ अनुभव गर्न चाहने पोखरेली दर्शकका लागि ‘रोयल ब्लु कमेडी उत्सव २०८३’ आयोजना हुने भएको छ। ग्लेज इन्टरटेनमेन्टको आयोजनामा देशका ६ सहरमा सञ्चालन हुने उत्सवअन्तर्गत पोखरामा आगामी कात्तिक १५ गते कार्यक्रम हुन लागेको हो।

पोखरास्थित सभागृहमा आयोजना हुने उत्सवमा लोकप्रिय हास्यकलाकारहरू सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीले प्रस्तुति दिनेछन्। उनीहरूको हास्य प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कमेडी संस्कृतिलाई थप प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले राखेको छ।

Pach Pandav

कात्तिक ११ गते नेपालगञ्जबाट सुरु हुने उत्सव कात्तिक १३ गते बुटवल, १४ गते चितवन हुँदै १५ गते पोखरा आइपुग्नेछ। त्यसपछि कात्तिक १७ गते बर्दिबास र १९ गते इटहरीमा कार्यक्रम आयोजना गरिनेछ।

उत्सवलाई रोयल ब्लुले टाइटल स्पोन्सरका रूपमा साथ दिएको छ। त्यस्तै, ल्यामिनार टाइल्स पावर्ड बाई पार्टनर, नासा सेक्युरिटिज को-स्पोन्सर र रेडबुल इनर्जी पार्टनरका रूपमा जोडिएका छन्।

दर्शकले उत्सवको टिकट eSewa एपमार्फत खरिद गर्न सक्नेछन्। आफ्नै सहरमा लोकप्रिय हास्यकलाकारहरूको प्रत्यक्ष प्रस्तुति हेर्न पाउने अवसरले पोखराको मनोरञ्जनात्मक गतिविधिमा थप आकर्षण थप्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.