काठमाडौँ,
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किएका छन् । आज बिहान भएको दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए ।
उनका अनुसार फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको छ ।