काठमाडौं :
भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो।
उक्त ट्रेलरले तीन दशकअघिको कथालाई स्मरण गराउने बुझिएको छ। त्यो समयको समय र कालखण्डमा हुने गरेका माया प्रेमको अवस्थालाई पर्दामा उतारिएको छ। ग्रामीण परिवेशमा आधारित यस फिल्मको फिल्मका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडामा केन्द्रित छ।

भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलरमा भुवन केसी र गरिमा पन्त पनि देखिएका छन्।फिल्ममा अनमोल,प्रिन्सी,भुवन र गरिमाका अलवा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, संगी अधिकारीलगायतका कलाकारको पनि अभिनय छ।
फिल्ममा जीया केसी र भविष्य खड्काले लगानी गरेका छन् भने यस फिल्मलाई पत्रकार सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्। यस फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेका छन्।