सुचना, समाचार र मनोरन्जन

गायनमा फर्किइन् विष्णु माझी,बसन्त थापाको अर्काे सहकार्यमा ‘फूल प्याउलीको’ गीत रिलिज

काठमाडौँ :

नेपाली लोकसंगीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ गीतमा चर्चित गीतकार नवराज पन्तका मनछुने शब्द छ भने संगीत स्वयं गायक बसन्त थापाले भरेका हुन्।

‘डाडै फुर्के सल्लो’ , ‘सालको पातको टपरी’ जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका गायिका माझि, गायक थापा र गीतकार पन्तको केही समयको अन्तरालपछिको सहकार्यमा आएको यो गीत डान्सिङ शैलीमा समेत रहेको छ।मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवंम् संगीतकार बसन्त थापाले साथ दिएका छन्। गीतलाई ‘एसएस सिरिज’ युट्युबमा सार्वजनिक गरिएको हो।

Pach Pandav

नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ। गीतमा विदेश र शहरदेखि दिक्क भएर आफ्नो गाउँ ठाउँ ठिकै हो, गाउँका फुल परिवेश राम्रा छन् भन्ने परिवेशको बर्णन गरिएको गीतमा विष्णु माझीको जादुमय स्वर र बसन्त थापाको ठेट गायकीको संगमले गीतलाई थप कर्णप्रिय बनाएको छ।

गीतको भिडियो पनि बनेको छ । भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य हेर्न सकिन्छ । भिडियोमा लाहुरे गाउँ फर्किएको परिवेश, मेलापात, घाँस–दाउरा, ढिकी–जाँतो, रोदी–झ्याउरे तथा नेपाली मौलिक जनजीवनलाई आकर्षक ढङ्गले समेटिएको छ । साथै, हिमशृङ्खला तथा रमणीय पहाडी भूगोलको पृष्ठभूमिमा खिचिएको दृश्यले दर्शकको आँखा लोभ्याउँछ।

भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । गीतका निर्माता अर्जुन बोहरा हुन् । गीतले दर्शक श्रोताको मन जित्ने आफु ढुक्क रहेको गायक गायक थापाले बताए।

Leave A Reply

Your email address will not be published.