काठमाडौँ :
लक्ष्मी पूजाको अवसर पारेर फिल्म “हजुरबाले भनेथे” घोषणा गरिएको छ। नीर शाहको मुख्य भूमिका रहने फिल्म सुरेश न्यौपानेले निर्देशन गर्ने छन्। सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन्।

ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा .बन्धु राज वाग्ले ,रोमिन पिया ,समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् कार्यकारी निर्माता नवीन घायल रहने फिल्मको सह निर्माता हिमाल भण्डारी रहने छन्।
जसमा निर शाह हजुर बा बन्दै गर्दा नाति को बन्ने भन्ने टुङ्गो लागेको छैन। फिल्मका अन्य कलाकार र प्राविधिक टिमको जानकारी निर्माण टिमले चाडै ल्याउने बताएको छ । फिल्ममा दुई नायक र दुई नायिका रहने छन । माघ महिनामा फ्लोरमा जाने फिल्मको छायांकन अस्ट्रेलियामा ६०% र जुम्लामा ४०% हुनेछ । स्मरण रहोस् परान फिल्म पस्चात निर शाह यस फिल्म मार्फत टाइटल रोलमा देखिँदै छन्।