सुचना, समाचार र मनोरन्जन

‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलरमै देखियो सलमान खान र नेपालका अनुप बिक्रमको धकेलाधकेल

काठमाडौं :

नेपालका कलाकार अनुप बिक्रम शाही र बलिउड सुपरस्टार सलमान खानको फिल्ममा मुख्य भुमिकामा देखिएका छन्। सलमानकै लगानीमा निर्माण भएको फिल्म वार ड्रामा फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पीस’को ट्रेलरमा दुवैलाई आमनेसामने भिडेको देखिन्छ।

Pach Pandav

जहाँ भारतीय र चिनियाँ सैनिकबीचको घमासान झडपको दृश्यमा दुवै देशका सैनिक कमाण्डरका रुपमा अनुप र सलमानलाई देखाइएको छ। अपूर्व लखियाको निर्देशन तथा सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको साढे चार मिनेट लामो ट्रेलरमा सलमान भारतीय सेनाका कर्नेलको भूमिकामा छन्।

ट्रेलर हेर्दा उनलाई बहादुर सैनिकको रूपमा प्रस्तुत गरिएको छ। अभिनेता अनुप विक्रम शाहीलाई चिनियाँ जनमुक्ति सेनाका मेजरको भूमिकामा देखिएका छन्। सलमानकै हाराहारी ट्रेलरमा देखिएका छन् भने उनको भाषा चिनियाँ भाषामै रहेको सुनिन्छ। फिल्म आगामी १८ मंसिरबाट प्रदर्शन हुँदैछ।

Leave A Reply

Your email address will not be published.