सुचना, समाचार र मनोरन्जन

‘जे गर तिमी’ भन्दै म्युजिक भिडियोमा देखिए देव नेपाली र करिश्मा

काठमाडौँ  :

अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे गर तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेममा रमाइरहेको जोडीको सम्बन्धमा आउने उतारचढाव र अन्ततः वियोगको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ।

Pach Pandav

भिडियोमा देव नेपाली र मोडल करिश्मा श्रेष्ठ प्रेमिल जोडीका रूपमा देखिएका छन्। गहिरो प्रेममा रहे पनि सामान्य असमझदारीले सम्बन्धमा दरार ल्याउन सक्ने भावलाई भिडियोमा समेटिएको निर्माण पक्षको भनाई छ।

गीतमा सुशान सुन्दासको स्वर रहेको छ भने शब्द तथा सङ्गीत महेश ज्ञवालीको हो। युवा निर्देशक दिनेश बस्नेतले निर्देशन गरेको भिडियोका निर्माता देव नेपाली नै हुन्। उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.