तनहुँ,
तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर ९प्यान०सम्बन्धी सेवा सुरु गरेको छ ।
नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली पुग्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि प्यान नम्बर लिन, कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न तथा करसम्बन्धी अन्य कामका लागि दमौलीस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने अवस्था थियो । नगरपालिकाबाटै सेवा लिन सकिने भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने तथा करसम्बन्धी काम छिटोछरितो हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था गरेसँगै साना तथा मझौला व्यवसायी, नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्ति र नियमित रूपमा करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने करदातालाई सहज हुने भएको छ ।
नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप प्यानसम्बन्धी सेवा सुरु गरिएको बताए । उनका अनुसार करसम्बन्धी सामान्य कामका लागि पनि सेवाग्राहीले अर्को ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने प्रयास गरिएको हो ।
नगरपालिकाबाटै सेवा उपलब्ध हुँदा नागरिकले अनावश्यक समय र यातायात खर्च व्यहोर्नुपर्ने अवस्था कम हुने तथा सरकारी सेवा प्राप्त गर्न सहज हुने नगरपालिकाको अपेक्षा गरिएको पण्डितको भनाइ छ ।