सुचना, समाचार र मनोरन्जन

अञ्जना बराइली भन्छिन्– ‘सिन्दुरे जात्रा’मा मैले नबोलेरै विद्रोह गरेकी छु

काठमाडौं :

यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिन्दुरे जात्रा’को मुख्य अभिनेत्री हुन् अञ्जना बराइली। पुर्ण बहादुरको साराङ्गी जस्तो हिट फिल्म दिएका जोडी अञ्जना र विजय बरालकै फिल्म हो यो। यस फिल्मको प्रमोसनमा निस्किएकी अभिनेत्री बराइलीले फिल्म ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो रहेको दाबी गरेकी छन्।

नाम सुन्दै आफूलाई फिल्मले आकर्षण गरेको र कथा पढेपछि यो यो फिल्ममा अभिनय गर्न इच्छुक भएको सुनाईन्।  उनी भन्छिन्,‘कलाकार, निर्देशक र केही प्राविधिक फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को रहे पनि यो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को कथासँग मिल्दैन। यो पुर्णबहादुरको सिक्वेल होइन।’

Pach Pandav

उनले यो फिल्म महिलाकथा प्रधान रहेको र महिलालाई आजसम्म आइपुग्दा नेपाली समाजले कसरी हेर्छ भन्ने कथा फिल्मको मुख्य विषयवस्तु रहेको प्रस्ट पारिन्। “हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ,” अञ्जना भन्छिन्, “महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ ।”

सरोज पौडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन्। सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन्।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ। फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ। मंसिर १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।

Leave A Reply

Your email address will not be published.