पोखरा,
पोखरा–८, नागढुङ्गास्थित न्यु मोडल माध्यमिक विद्यालयले मङ्सिर ६ र ७ गते आफ्नो वार्षिक खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो।
विद्यालयका प्राचार्य लक्ष्मण पोख्रेलको अध्यक्षता तथा निर्देशक भरतराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भयो। विद्यालयका संरक्षक क्षेत्रबहादुर क्षेत्रीसमेत सहभागी उद्घाटन समारोहमा प्रमुख अतिथि गौतमले बेलुन उडाएर खेलकुद महोत्सवको सुरुवात गरे। सह-प्राचार्य लक्ष्मी कार्कीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सिनियर को-अर्डिनेटर घनश्याम पोख्रेलले सञ्चालन गरेका थिए। सो अवसरमा खेल सञ्चालनको जिम्मेवारी पाएका शिक्षक-शिक्षिकाहरूलाई खेलकुद सामग्री तथा जिम्मेवारी पत्र हस्तान्तरण गरी प्रतिस्पर्धा अघि बढाइएको थियो।

दुई दिनसम्म चलेको प्रतियोगितामा पूर्व-प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताको मुख्य नतिजामा प्रि-नर्सरी म्युजिकल चेयरमा आदित नेपाली प्रथम, रेहान्स थापा द्वितीय र अभिषेक नेपाली तृतीय भए।नर्सरी (सेक्सन ‘ए‘ र ‘बी‘) म्युजिकल चेयर: आयन आचार्य र रेहान्त शाही प्रथम, ग्रिश ढकाल र डिप्सन क्षेत्री द्वितीय तथा सिया गुरुङ र सुगम अधिकारी तृतीय भए।ओरेन्ज रेस: ग्रिश ढकाल र पूर्णिमा नेपाली प्रथम, दृशान्त बुढाथोकी र रेहान्त शाही द्वितीय तथा बिमिशा बराल र डिप्सन क्षेत्री तृतीय बने।हट पोट्याटो: डिप्सन क्षेत्री र दृशान्त बुढाथोकी प्रथम, आदित सुर्खाली र बिमिशा बराल द्वितीय तथा पूर्णिमा नेपाली र इभा तामाङ तृतीय भए।कप ब्यालेन्स: कुञ्जन सदाशंकर र बिमिशा बराल प्रथम, हिमान्शी आचार्य र इभा तामाङ द्वितीय तथा डेनियल पुन र आध्या शर्मा तृतीय स्थानमा रहे।चम्चा-गुच्चा: डेनियल पुन र आध्या शर्मा प्रथम, सुजिता ज्वारचन र आयंका पुरी द्वितीय तथा जेभियन राइला र ब्रिजेश बोक तृतीय घोषित भए।
जे.के.जी. र एस.के.जी. तर्फ इन-आउट खेल छात्रतर्फ शुभम के.सी. र छात्रातर्फ रियाना शर्मा प्रथम, प्रकृश ढकाल र तेनिशा राना द्वितीय तथा आशिष र रोशिका थापा तृतीय भए।बुक ब्यालेन्स खुश्बु खातुन प्रथम, उमिका पौड्याल द्वितीय र आरुषी ठाकुर तृतीय भइन्।पेपर सिफ्टिङ खुश्बु खातुन र अंशुमन भण्डारी प्रथम, प्रशमी सुवेदी र नव्यान परियार द्वितीय तथा जेनिशा मगर र निर्भिक शर्मा तृतीय बने।म्युजिकल चेयर जेसिका रोका प्रथम, इच्छा मगर द्वितीय र आरोग्य सापकोटा तृतीय भए।बोटल फिलिङ छात्रातर्फ जेसिका रोका प्रथम, प्रशमी सुवेदी द्वितीय र आरुषी ठाकुर तृतीय भइन्। छात्रतर्फ सुदीप गुरुङ प्रथम, प्रकृश ढकाल द्वितीय र गणेश सुवेदी तृतीय भए।स्पुन एण्ड बल चम्चा-बल खेलमा शिवाङ्शी बराल प्रथम, सारिका थापा द्वितीय र इश्वी पौडेल तृतीय भइन्।


आधारभूत तह (कक्षा १ देखि ५) कक्षा १ देखि ३ अन्तर्गत कक्षा ३ की तेरिना मगरले छात्रातर्फ १००, २०० र ४०० मिटर तीनवटै दौडमा स्वर्ण जितिन्। छात्रतर्फ आयुष जैसवालले १०० र २०० मिटर तथा सम्राट लामिछानेले ४०० मिटर दौडमा प्रथम स्थान हासिल गरे। मनोरञ्जनात्मक खेलतर्फ ‘सम रेस‘ मा सुबिन कार्की, ‘हट पोट्याटो‘ र चम्चा-गुच्चामा सदिक्षा पौडेल तथा पानी भर्ने दौडमा प्रणयक मगर प्रथम भए।
यस्तै, कक्षा ५ ‘बी‘ का कुङ्गा तेन्जिङले छात्रतर्फ १००, २०० र ४०० मिटर तीनवटै दौडमा प्रथम स्थान हासिल गरे भने छात्रातर्फ कक्षा ५ ‘ए‘ की क्रिस्टिना शाहले २०० र ४०० मिटर दौडमा स्वर्ण जितिन्। स्किपिङमा दिप्सन बराल र सिरुजा बराल प्रथम भए। तीन खुट्टे दौडमा सक्षम सुवेदी र आयुष अधिकारी तथा रुबी दास र आलिया खातुनको जोडी प्रथम भयो। अन्तर-सदनात्मक जुनियर छात्र फुटबल (कक्षा ३–५) मा सगरमाथा सदन प्रथम भयो भने कञ्चनजङ्घा र मनास्लु सदनले उपविजेता बन्दै पदक हात पारे।
माध्यमिक तह (कक्षा ६ देखि १०) छात्रातर्फ १०० मिटर दौडमा कक्षा ६ की इशिता ढकाल प्रथम भइन्। कक्षा १० का सुशान्त पराजुली (२००, ८०० र १५०० मिटर दौड) र जेभिन भुजेल (४०० मिटर दौड, हाइ जम्प र लङ जम्प) ले तीन-तीन विधामा स्वर्ण पदक जिते। छात्रातर्फ कक्षा ७ ‘बी‘ की गरिमा के.सी. (२०० र ४०० मिटर दौड) र कक्षा ८ की सुसम रानाभाट (हाइ जम्प र लङ जम्प) ले दोहोरो स्वर्ण जितिन्।

त्यस्तै, १०० मिटर दौडमा सचिन बुढाथोकी र अन्शु लामा तथा सटपुटमा एन्जल गोतामे र समृद्धि लामिछाने प्रथम भए। १५०० मिटर दौडमा चौथो स्थान हासिल गरेका कक्षा ७ ‘बी‘ का समित भण्डारी ‘उदीयमान खेलाडी‘ घोषित भए। अन्तर-सदनात्मक प्रतिस्पर्धा (कक्षा ६–१०) तर्फ धौलागिरि सदनले छात्र र छात्रा दुवैतर्फको ‘सेभेन ए साइड‘ (7-A-Side) फुटबल र ४x१०० मिटर रिले दौडमा प्रथम स्थान हासिल गर्यो।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले सम्पूर्ण विजेता तथा सहभागी विद्यार्थीलाई बधाई दिँदै प्रतियोगिता सफल बनाउन खटिएका खेलकुद विभाग प्रमुख कृष्ण गुरुङ लगायत सम्पूर्ण शिक्षक, कर्मचारी तथा स्वयंसेवकलाई धन्यवाद व्यक्त गर्यो।