सुचना, समाचार र मनोरन्जन

गौरी मल्ल हिरोइन होइन,नर्स बन्न चाहान्थिइन

काठमाडौँ :

धेरै मान्छेको चाहाना कलाकार बन्ने,हिरोइन बन्ने भन्ने हुन्छ। तर उनीहरुको काम र आफन्तले कलाकारिता भन्दा अरु पेशामा लाग्न दबाब दिन्छन्। तर अभिनेत्री गौरी मल्ललाई अरु पेशामा भन्दा पनि कलाकारितामा लाग्न धकेलियो। उनी गाउन जान्ने भएकै कारण होला,आफ्ना आफन्त र घर परिवारले कलाकारितामा धकेलेका हुन्। उनको चाहाना कलाकार नभएर नर्स थियो।

Pach Pandav

मिडियाकर्मीसँगको कुराकानीमा उनले आफुल नर्स बन्न चाहेको तर परिवारले कलाकारितामा जान भनेर उक्साएको सुनाएकी छन्। उनी भन्छिन्,‘सिनेमा मेरो इन्ट्रेस नै होइन,मेरो इन्ट्रेस भनेको म नर्स बन्न चाहान्थेँ। त्यो हुँदा हुँदै सिनेमा तिर आइयो। म एक्सिडेट्ली आएको मान्छे हुँ। मेरो परिवारको फोर्सले आएको हुँ। परिवार भनेको मेरो साथीभाई दिदीबहिनी,आफन्तहरु। उहाँहरुले ह्या जा जा भन्नुहुन्थ्यो।’

उनी आफ्ना कलाकारितामा स्किल छ भन्ने नै थाहा नभएको सुनाइन्। उनले थपिन्,‘मलाई थाहा पनि थिएन कि ममा त्यो स्किल छ भनेर। एक्टिङ गर्न सक्दो रहेछु भनेर त्यतिबेला। म एक्सिडेट्ली आएको हुँ।’

गौरी मल्लका दर्जनौ फिल्म दर्शकले हेरिसकेका छन्। उनी आफ्नो अभिनयमा अब्बल छिन्। हालै प्रदर्शनमा आएको फिल्म ‘ककाकिकी’मा उनको भुमिकाले यतिबेला चर्चा पाइरहेको छ। उनले अन्य फिल्मको तुलनामा यस फिल्ममा पाको पात्रको अभिनय गरेकी छन्। यसैको प्रमोसनको सिलसिलामा आफ्नो नर्स बन्ने सपना रहेको खुलासा गरेकी हुन्।

Leave A Reply

Your email address will not be published.