सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : देशभरका हलमा लागे ‘ककाकिकी’ र ‘सारथी’

काठमाडौं :

शुक्रबारबाट दुई नेपाली फिल्म ‘सारथी’ र ‘ककाकिकी’प्रदर्शनमा आएका छन्। कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’ र विक्की अग्रवाल र श्रद्धा प्रसाईको संयुक्त निर्देशनमा बनेको ‘ककाकिकी’प्रदर्शनमा आएका हुन्। कालजयी फिल्म ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिकामा बनेको फिल्म ‘सारथी’ले केहि वर्षअघिकै कथा भन्ने छ। यो उनीहरूको २२ वर्षपछिको सहकार्य हो।

Pach Pandav

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता तथा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको ‘सारथी’ले सन्तानप्रति आमाको माया र समर्पणको कथा प्रस्तुत गरेको छ। फिल्ममा प्रेमकथा पनि छ।

यता आजैबाट प्रदर्शनमा आएको फिल्म ‘ककाकिकी’मा भने तृप्ति नाडकर, गौरी मल्ल,महेश त्रिपाठी,माओत्से गुरुङ रेखा थापा रहेको फिल्ममा निर्माता निर्देशक श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। हास्यप्रधान विषयवस्तुमा निर्माण भएको हो । गाउँमा अस्पताल बनाउन गाउँलेले बैंक लुट्ने योजनाको कथालाई यो फिल्मले बोल्छ। दुवै फिल्ममा पुराना पुस्ताका कलाकारहरुको कमव्याक हो।

Leave A Reply

Your email address will not be published.