सुचना, समाचार र मनोरन्जन

सीताराम कट्टेल ‘धुर्मुस’पनि अब गायक,गाए ‘ए ससुरा बा’

काठमाडौं :

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’पनि गायक बनेका छन्। ‘ए ससुरा बा’ बोलको गीतमार्फत गायनमा डेब्यू गरेका हुन्।दुई दशकअघि ‘मेरी बास्सै’मार्फत धुर्मुस पात्रमार्फत दर्शकमाझ आएका थिए। अभिनय र हास्य प्रस्तुतिमार्फत दर्शकको मन जित्दै आएका धुर्मुसले गीतमार्फत स्रोता तथा दर्शकमाझ आएका हुन्।

Pach Pandav

गीतमा धुर्मुस स्वयंको शब्द र स्वर रहेको छ भने उनलाई गायिका जुनु प्रसाईंले गायनमा साथ दिएकी छन्। बाबुल गिरीको संगीत रहेको यो गीतमा श्रीमान–श्रीमतीबीचको नोकझोक र विवादलाई हास्यरससहित पेश गरिएको छ। यो गीतको भिडियो धुर्मुस–सुन्तल नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतको भिडियोमा सीताराम आफैले अभिनय गरेका छ्न। उनका अलवा भिडियोमा अभिनेत्री तथा मोडल उषा उप्रेती,राजाराम पौडेल, सविन बास्तोला, अंशु महर्जन, सीता तिमिल्सिना र सन्तोष थापाले पनि देखिएका छन्। भिडियोको कथा तथा निर्देशन जेरी भण्डारीले गरेका छन् हुन् भने छायांकन ज्ञानकुमार कट्टेल र उनको टोलीको छ। सम्पादन तथा रंग संयोजन सुजन कोइरालाको छ।

Leave A Reply

Your email address will not be published.