सुचना, समाचार र मनोरन्जन

तत्काल फोटो र नाम हटाउन केकीको चेतावनी : ‘उक्त गेमिङ एपसँग मेरो कुनै सम्बन्ध छैन’

काठमाडौँ :

अभिनेत्री केकी अधिकारी आफुलाई थाहै नभएको एक गेमिङले नाम र फोटो राखेपछि कानुनी प्रक्रियामा जाने चेतावनी दिएकी छन्। एमजे ८८नामक एपले उनको नाम र फोटो सहित राखेर प्रचार गरेपछि कानुनी प्रक्रियामा जाने चेतावनी दिएकी हुन्। उनले आफु यस गेमिङमा नरहेको समेत जानकारी दिएका छन्।

Pach Pandav

उनी भन्छिन्,‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु। कृपया यसबारे सचेत रहनुहोला।’

उनले उक्त एपसँग आफ््नो कुनै सम्बन्ध नरहेको र नपत्याउन समेत आग्रह गरेकी छन्।उनले अगाडि भनेकी छन्,‘,‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन।’

धेरै नेपाली कलाकारहरुको फोटो तथा नाम प्रयोग गरेर पछिल्लो समय गेमिङ खेलाउने तथा टिकट बनाउने गरेका छन्। हिजो मात्रै अभिनेता राजेश हमालले आफुल टिकटक कहिल्यै नचलाएको र अहिले चलिरहेको उक्त आइडी आफ्नो नभएको र सहग रहन आग्रह गरेका थिए।

Leave A Reply

Your email address will not be published.