काठमाडौँ :
हलमा ‘बाटुलो जुन’को व्यापार राम्रै भइरहेको बेलामा अनमोल केसीले नयाँ खुलासा गरेका छन्। पारिश्रमिक एक करोड पुगेको हल्ला चलिरहेको बेलामा उनले आफने सपना एउटा घर बनाउने र बिहे गर्ने रहेको खुलासा गरेका हुन्।

‘सपना त धेरै छन्,’उनले मिडियाकर्मीलाई हाँस्दै भन्छन्,‘अहिले बाबासँगै बसिरहेको छु। एउटा केटा मान्छे भएपछि घर बनाउने,एउटा फ्यामिली बनाउने चाहाना छ। तर अहिले जे छ त्यसैमा खुशी छु।’
गत कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जून’ले यो अवधिमा १० करोड माथीको व्यापार गर्ने तयारीमा छन्। दश दिनमा नै कुल ८ करोड ३५ लाख ३७ हजार ९ सय १७ रुपैयाँ ग्रस कलेक्सन गरेको यो फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन्। फिल्ममा भुवन केसी, गरिमा पन्त, अनमोल केसी तथा प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको छ। फिल्मलाई जिया केसी,भविष्य खड्का लगायतले निर्माण गरेका हुन्।