सुचना, समाचार र मनोरन्जन

पल शाह, विपना थापा, उषा उप्रेतीसहित ‘आ बाट आमा’ टिम पूर्वको हल भिजिटमा

काठमाडौँ :

हाल प्रदर्शनरत फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकारहरू पूर्वी नेपालका दर्शक भेट्न हल भिजिटमा निस्किएका छन्। फिल्मका अभिनेता पल शाह, अभिनेत्री विपना थापा, उषा उप्रेती, सिम्रन पन्त र अभिनेता साइग्रेस पोखरेल सहितको टिम मंगलबार बिहानदेखि इटहरी,धरान, विराटनगर,दमक र बिर्तामोडका विभिन्न हलमा पुग्ने भएको छ।

फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार कलाकार टिमले हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै फिल्मप्रति दर्शकको प्रतिक्रिया समेत लिनेछ । प्रदर्शन सुरु भएपछि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले कलाकारलाई हल भिजिटका लागि थप उत्साहित बनाएको निर्देशक पन्तले बताए।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’का कलाकारहरू यसअघि पनि काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन्। अभिनेता पल शाह र अभिनेत्री विपना थापासहितको उपस्थितिलाई दर्शकले उत्साहका साथ स्वागत गरिरहेका छन्। अभिमन्यु निरवीको संवाद लेखन रहेको फिल्ममा अमर न्यौपाने,अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ। फिल्म आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको हो।

फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। गीतका भिडियोमा गंभीर बिष्ट र दिलीप ओखेडाको कोरियोग्राफी छ।

नवराज उप्रेतीको छायांकन रहेको यस फिल्ममा कृष्णप्रसाद सुवेदी,ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ। फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले तयार पारेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गरिरहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

Leave A Reply

Your email address will not be published.