सुचना, समाचार र मनोरन्जन

२५ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता माघ २७ देखि

पोखरा,
२५ औं संस्करणको राष्ट्रिय अन्तराष्ट्रिय अन्तर क्लव आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ । “खेलकुदको विकासमा सहयोग गरौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको खेल पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.ली.को उत्पादन आहा रारा तयारी चाउचाउले गरेको छ । कार्यक्रमको संरक्षकको रुपमा पोखरा महानगरपालिका तथा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद समिति कास्की, सहारा यु.के, सहारा हङ्गकङ्ग, सहारा क्लव अष्ट्रियलिया विशेष सहयोगीका रुपमा रहेका छन ।

प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाउनेछन । जसमा नेपाल पुलिस क्लव, चर्च व्वाईज यूनाईटेड, मनाङ मस्र्याङ्गदी क्लव, नेपाल ए.पि.एफ क्लब, प्लानिङ्ग व्वाईज यूनाईटेट, जाउलाखेल युथ क्लव, थनडरवोल्ड नर्थ यूनाईटेड,सिक्किम, भारत, मछिन्द्र फुटबल क्लव, गोर्खा इन्टरनेशनल फुटबल क्लव, हङ्गकङ्ग, भारत एक टिम, आभा फुटबल क्लब, उज्जेकिस्तान, सहारा क्लब पोखरा सहित ४ विदेशी टिम रहनेछन ।

खेलमा उत्कृष्ट हुने समुहले नगद रु १४ लाख एक हजार तथा उपविजेताले रु ७ लाख एक हजार रुपैंया प्राप्त गर्नेछन ।

Leave A Reply

Your email address will not be published.