सुचना, समाचार र मनोरन्जन

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

गण्डकी,

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले नेपालीमा बढ्दो घुम्ने संस्कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ। मनाङस्थित एकीकृत सेवा कार्यालयमा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले पर्यटन क्षेत्र चलायमान हुँदा आर्थिक गतिविधिमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

“बढ्दो घुम्ने संस्कृतिले पर्यटन व्यवसाय, रोजगारी सृजनासँगै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ”, मन्त्री रिमालले भन्नुभयो । उहाँले उच्च पहाडी तथा हिमाली भेगमा घुम्न आउने पर्यटकको व्यवस्थापन र उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । लेक लाग्नेजस्ता स्वास्थ्य जोखिमबाट बच्ने उपायबारे सचेतना फैलाउनपर्ने उहाँको भनाइ छ ।

मन्त्री रिमालले सम्बद्ध निकायबीचको एकीकृत समन्वय र चुस्त व्यवस्थापनबाट मात्र पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्न सकिने बताउनुभयो । उहाँले हिमाली भेगका नागरिक र पर्यटन व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट सक्दो पहल गरिने बताउनुभयो । मन्त्री रिमालले एकीकृत सेवा कार्यालयबाट कार्यान्वयन गरिएका आयोजनाको स्थलगत अनुगमनसमेत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.