Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विश्व फिजियोथेरापी दिवसमा मेट्रोसिटी अस्पतालको सन्देश : ‘औषधि मात्र होइन, सक्रिय जीवन पनि उपचार हो’
- सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने
- ‘बेहुली’को ट्रेलरले रच्दै इतिहास: २४ घण्टामै १० लाख भ्युज पार
- असोज २ गते रिलिज हुने ‘कार्की साइँला’को ट्रेलरमा भरियाको सङ्घर्ष र पुरुषको पीडा
- प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
- फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
- अस्ट्रेलियामा शोभित बस्नेत र सन्तोष तिवारीको सक्रियतामा नेपालका बाढीपीडितका लागि ३३ लाखभन्दा बढी राहत संकलन
- पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
- पृथ्वी राजमार्ग अवरुद्ध: पर्यटक बस सञ्चालनमा समस्या
- भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँचदिने तालिम
काठमाडौँ,
राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।
आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले देशभर रहेका ८४ कार्यालयबाट एकैसाथ तालिम सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार आर्थिक गणनाका लागि आवश्यक गणकको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहमा आवश्यक पत्राचार गरिसकिएको छ । तालिम कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ र तालिम सम्पन्न भएपछि गणकहरू देशभर आफ्नो जिम्मेवारीअनुसार खटिने छन्।
प्रवक्ता लामिछानेले भन्नुभयो, “बिहीबारदेखि देशभरका ८४ कार्यालयबाट पाँचदिने तालिम सुरु हुनेछ र तालिम सम्पन्न भएपछि आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू देशभर आर्थिक गणनाको काममा खटिनेछन् ।”
यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ ९वैशाख–जेठ० मा सञ्चालन भएको थियो ।
Prev Post
Next Post