सुचना, समाचार र मनोरन्जन

आर्यन सिग्देल पनि फिल्म निर्माणमा जुटे

काठमाडौं :

‘कायरा’निमार्ण गरेका अभिनेता आर्यन सिग्देलले अर्को फिल्मको निर्माणमा जुटेका छन्। दिनेश राउतलाई निर्देशनको जिम्मा दिदै आर्यनले नयाँ फिल्मको थालनी गरेका हुन्। यतिबेला आर्यन स्क्रिप्ट फाइनलमा जुटेको बुझिएको छ।

Pach Pandav

फिल्म ‘पूजार सार्की’, ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा सहकार्य गरेका आर्यन र दिनेशबीच एकप्रकारको घनिष्ट सम्बन्ध रहेको छ। एक पटक फिल्मकै विषयमा झगडा गरेका यि निर्देशक र कलाकार यतिबेला नजिकका साथी बनेका छन्। यो फिल्ममा अन्य कलाकार को को रहने हो बाहिर आएको छैन।

आर्यनले फिल्म बनाउन लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिए पनि कहिलेबाट छाायंकन लगायतमा विषयमा भने खुलाएका छैनन्। यसअघि आर्यनले निर्माण गरेको फिल्म ‘कायरा’ (२०७५) निर्माण भएको यो। यो फिल्मले आर्यनलाई व्यावसायिक रुपमा सफल बनाउन सकेको थिए।

Leave A Reply

Your email address will not be published.