सुचना, समाचार र मनोरन्जन

रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना, सात जना घाइते

तनहुँ,

रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका– ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका–का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका–४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँ भानु नगरपालिका(१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन् ।

प्रहरीका अनुसार सो टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।

Leave A Reply

Your email address will not be published.