सुचना, समाचार र मनोरन्जन

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२  जना घाइते

 

नुवाकोट : छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् ।

Pach Pandav

काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो  अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहनुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । माइक्रोबसमा  १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागी काठमाडौं पठाइएको छ ।

धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।

Leave A Reply

Your email address will not be published.