सुचना, समाचार र मनोरन्जन

सहचालकले बस ब्याक गर्दा …

 

चितवन : बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन  सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन्।

 

नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस गए राति सहचालकले पार्किङका लागि पछाडि सार्ने क्रममा बालकलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते घोस्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने बस र सहचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.