सुचना, समाचार र मनोरन्जन

आँचल शर्माको जन्मदिनमा ‘एक मुठी बादल’ टिजर सार्वजनिक, कवितामार्फत कथाको संकेत

काठमाडौं :

अभिनेत्री आँचल शर्मा को २९ औं जन्मदिनको अवसर पारेर फिल्म ‘एक मुठी बादल’ को टिजर सार्वजनिक गरिएको छ। डेढ मिनेट लामो टिजरमा उनलाई नै केन्द्रमा राख्दै ‘पोम्पोईको फूल’ शीर्षकको कविता वाचनमार्फत फिल्मको कथावस्तु संकेत गरिएको छ।

फिल्मकी निर्देशक सहारा का अनुसार उक्त कविता उनको बाल्यकालसँग जोडिएको स्मृति हो, जुन सम्पादनका क्रममा पुनः सम्झनामा आएपछि फिल्ममा समावेश गरिएको हो।

मुख्य भूमिका निर्वाह गरेकी आँचलले फिल्मलाई आफ्नो व्यक्तिगत जीवनसँग नजिक रहेको बताएकी छन्। उनका अनुसार ‘एक मुठी बादल’ मा उनले अभिनय मात्र नभई आफ्नै अनुभवलाई पर्दामा उतारेकी छन्।

जेठ १ गते प्रदर्शनमा आउने फिल्ममा निशा शर्मा, उषा रजक, भिमा मैनाली, गौरव विष्ट, मनिष निरौला, अस्मिता गौतमअविरलप्रताप अधिकारी लगायत कलाकारको अभिनय रहेको छ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अभिमन्यु दीक्षितको लगानी तथा निकुन श्रेष्ठ कार्यकारी निर्माता छन्। विदेशी सहकार्यसहित तयार फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्ने तयारी गरिएको छ।

Leave A Reply

Your email address will not be published.