Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सलोन र सलिनको एक्सन फिल्म ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरले दर्शकमा हलचल
- ‘लालीबजार’को प्रिमियरमा अधिकांश सेलिब्रेटीको उपस्थिति,महजोडीले गरे अभिनेत्री खड्काको तारिफ
- नरेन्द्रविक्रम गुरुङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति
- सुदन किराँती अब श्रम संस्कृति पार्टीमा, वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति
- रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दै
- ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
- आहा अर्मके झरना!
- नारायणगढ–मुग्लिन सडक सन्चालनमा
- ३३औँ प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मा नियुक्त हुदैँ
- बैशाख २५ गते शुक्रबारको राशिफल पढ्नुहोस
विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने
काठमाडौँ,
अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ ।
अध्यागमन विभागले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिलारपुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुट्बल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरुलाई मात्र समावेश गराउन आग्रह गरेको हो ।
एन्फाबाट सञ्चालन भएको राष्ट्रिय महिलारपुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ । तसर्थ कुनै पनि खेलमा विदेशी खेलाडीहरुलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ विज्ञप्तिमा उल्लेख गरेको छ ।
विभागले यस विषयमा आजैदेखि अनुगमन प्रारम्भ गरेको समेत जनाएको छ । स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाएमा तत्काल कारबाही अगाडि बढाइने विज्ञप्तिमा जनाएको छ ।
Next Post