सुचना, समाचार र मनोरन्जन

विजयादशमीको दिन बाहेक अरू दिन अध्यागमन विभागले सेवा दिने

अध्यागमन विभागले दशैँको अवधिमा विजयादशमीको दिन बाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो ।

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले सूचना निकाल्दै सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.