सुचना, समाचार र मनोरन्जन

मागका आधारमा हवाई कम्पनीलाई थप उडान गर्न सहजीकरण गरिने

काठमाडौं,

विभिन्न स्थानमा सडक अवरुद्ध भएसँगै हवाई उडानमा यात्रु चाप बढ्न सक्ने भन्दै सरोकारवालाले हवाई यात्रा सहजीकरण गर्ने निर्णय गरेका छन् ।

मंगलबार प्राधिकरणमा मन्त्रालय, प्राधिकरण र हवाई सेवासँग सम्बन्धित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चाडपर्व अवधिभरि सबै वायुसेवा कम्पनीले स्वीकृत उच्चतम भाडा दरभन्दा कम भाडा दरमा टिकट उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै वायुसेवा कम्पनीको क्षमता र थप मागका आधारमा उडान सुरक्षा प्रत्याभूति सहित प्राधिकरणले थप उडान अनुमतिका लागि सहजीकरण गर्ने निर्णय समेत गरेको मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

अहिले काठमाडौंबाट नारायणगढसम्म पुग्ने सडक रुटका विभिन्न स्थानमा निरन्तर गएको पहिरोले सडक यातायात कष्टकर बनेको छ । जसले गर्दा दसैंका बेला उपत्यका छाड्ने यात्रुलाई सास्ती भइरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.