सुचना, समाचार र मनोरन्जन

‘कृ’की अभिनेत्रीले पनि थालिन् बुटिक व्यवसाय

काठमाडौं :

नेपाली फिल्म ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकी पनि व्यवसायमा लागेकी छन्। बलिउडमा समेत संघर्षरत अभिनेत्री बुढाथोकी काठमाडौंको टंगाल (भाटभटेनी)मा ‘तुरण्य नेपाल’ नाममा बुटिक सञ्चालनमा ल्याएकी हुन् ।

बुढाथोकीले बुटिकको इन्स्टाग्राममा साडी र कुर्तीमा फोटोसुट गरेका तस्विरहरु प्रशस्त राखेकी छन् । मुम्बईमा बसेपनि उनको बुटिक भने उनकी आमा पुष्पा बुढाथोकीले सम्हालेकी छन् ।

Gandarbha

उनको बुटिकमा पुगेरे बुधबार अभिनेत्री स्वस्तिमा खड्काले निलो रंगको कुर्तीमा अदितीकी आमासँग खिचेकी थिइन्। फोटो खिचेपछि उनले आफ्नो इन्स्टा स्टोरीमा साझेदार गर्दै अदितीलाई बधाई दिएकी थिइन्।

अभिनेत्री बुढाथोकी अभिनीत फिल्म ‘बाबरी’ घटस्थापनाबाट युट्युबमा रिलिज भएको छ । जुन युटुबको शिर्षस्थानमा रहेको छ। अदितीले हिन्दी र पञ्जाबी गीतमा समेत अभिनय गरेर चर्चा कमाइसकेकी छन् भने अमेजन प्राइमका लागि ‘म्यूजिक’ नामक एक हिन्दी वेब सिरिजमा काम गरेकी थिइन्।

यस अघि अभिनेत्री पुजा शर्माले पनि होटल व्यवसाय खोलेकी छन्। नेपाली कलाकारहरु फिल्मबाट उपलब्धि हुन छाडेपछि व्यवसायमा लाग्न थालेका हुन्। कोही रेस्टुरेन्टमा लगानी गरेका छन् भने कसैले रियल स्टेट, शेयर कारोबार, बुटिक लगायतमा कलाकारहरुले हात हालेका छन् ।

Leave A Reply

Your email address will not be published.