
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च
- भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार
- सोलुखुम्बुमा ल्यान्डिङ गर्ने क्रममा दुई हेलिकोप्टर ठोक्किए, एक जनाको मृत्यु
- प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
- यस्तो छ,आजका लागि विदेशी मुद्राको विनिमयदर
- आजको मौसमः पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- बक्स अफिसमा दयाहाङ, विपना, पल र सुहानाका फिल्मको दबदबा, ‘कबड्डी ५’ को १० दिनमै साढे १० करोडमाथिको व्यापार
- अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने
- कालजयी गीतसँगै गुञ्जिइन् उन्नती बोहरा ‘शिला’, शम्भूजीतलाई १लाख ५१ हजार नगदसहित अभिनन्दन
- सुफी शैलीमा आयो थानेश्वर गौतमको अर्को मनमोहक गीत ‘आँखामा बसेको मान्छे’
नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला
काठमाडौँ,
आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको राससलाई जानकारी दिनुभयो । त्यसनिम्ति सादा पोशाकमा प्रहरी परिचालन भएका छन् ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो ।
Next Post