सुचना, समाचार र मनोरन्जन

एआई नीति प्रभावकारी बनाउन १० बुँदे सुझाव

काठमाडौं/

राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउन सरकारलाई विज्ञ संस्थाले १० बुँदे सुझाव दिएको छ ।

सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड इनोभेसन सेन्टर (सीएसआरआई नेपाल), इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजीआई) ले संयुक्त रूपमा तयार गरी आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० बुँदे सुझावसहितको अवधारणापत्र हस्तान्तरण गरेका हुन् ।

अवधारणापत्रमा नीति कार्यान्वयन प्रभावकारी बनाउन प्राथमिकता निर्धारण, समयसीमा तोक्नुपर्ने, जिम्मेवारी स्पष्ट पार्नुपर्ने, अनुगमन तथा मूल्यांकन संयन्त्र बलियो बनाउनुपर्ने, क्षमता विकासमा ध्यान दिनुपर्ने, सहकार्यलाई प्रवर्द्धन गर्नुपर्ने, नैतिकता र समावेशितालाई उच्च प्राथमिकता दिनुपर्ने जस्ता विषयमा जोड दिइएको छ ।

अवधारणापत्र तयार पार्न सीएसआरआई नेपालका अध्यक्ष प्राडा. सुवर्ण शाक्य, आईजीआईका अध्यक्ष अधिवक्ता बाबुराम अर्याल, सीएसआरआई नेपालका महासचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटीविज्ञ डा. शालिग्राम पराजुली, एनपीसर्टका एआई सल्लाहकार डा. समीर खरेल, आईजीआईका निर्देशक रोशन पोखरेल, सीएसआरआई नेपालकी संस्थापक सदस्य वन्दना शर्मालगायतले योगदान दिएका छन्।

अवधारणापत्र बुझ्दै मन्त्री गुरुङले एआई नीतिलाई सबैको सहभागिता र सुझावको आधारमा पारदर्शी रूपमा अघि बढाइने बताए । उनले छिट्टै नीति पारित गरी लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.