पोखरा,
हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ पोखरामा औपचारिक रूपमा सार्वजनिक भएको छ। नयाँ भेन्यूसँगै पोखरा तथा आसपासका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी प्रत्यक्ष अनुभव गर्न पाउने भएका छन्।
अल न्यू भेन्यूमा आकर्षक डिजाइनसँगै आरामदायी सुविधा, आधुनिक प्रविधि र पर्फर्मेन्सको संयोजन गरिएको कम्पनीले जनाएको छ।
गाडीको बाहिरी डिजाइनमा ट्विन हर्न एलइडी डीआरएल, होराइजन एलइडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस लगायतका विशेषता छन्।
गाडीको भित्री भागमा १० दशमलव २५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ लगायतका सुविधा उपलब्ध छन्।


पर्फर्मेन्सतर्फ अल न्यू भेन्यूमा १ दशमलव २ लिटर कप्पा एमपीआई पेट्रोल र १ दशमलव ० लिटर कप्पा टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। यसले दैनिक यात्राका लागि सहज पर्फर्मेन्सदेखि टर्बो इन्जिनमार्फत थप प्रतिक्रियाशील पर्फर्मेन्ससम्मको विकल्प दिने कम्पनीको दाबी छ।
सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा हिल स्टार्ट असिस्ट कन्ट्रोल लगायतका सुविधा राखिएका छन्।
नेपाली बजारमा अल न्यू भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। गाडी एचएक्स २, एचएक्स ५ प्लस र एचएक्स ५ डीसीटी गरी तीन भेरियन्टमा उपलब्ध रहेको जनाइएको छ।
एचएक्स २ र एचएक्स ५ प्लसमा १ हजार १९७ सीसी पेट्रोल इन्जिन तथा एचएक्स ५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन उपलब्ध छ।
अल न्यू भेन्यू अब पोखरास्थित हुन्डाईको आधिकारिक सोरुममा उपलब्ध भइसकेको छ। ग्राहकले सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा पर्फर्मेन्सबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।
