सुचना, समाचार र मनोरन्जन

अल्लू अर्जुनलाई किन पक्राउ गर्यो भारतिय प्रहरीले,यस्तो छ कारण

काठमाडौं :

साउथका अभिनेता अल्लू अर्जुन पक्राउ परेका छन्। उनलाई फिल्म ‘पुष्पा २ : द रूल’को प्रिमियर शोमा भएको दर्दनाक घटना निम्त्याएको आरोपमा भारतिय प्रहरीले पक्राउ गरेको हो।

भारतिय मिडियाका अनुसार फिल्म रिलिजको अघिल्लो दिन अर्थात ‘डिसेम्बर ४’मा, हैदराबादको संध्या थिएटरमा अल्लू अर्जुनको अप्रत्याशित आगमनले उत्साहित प्रशंसकहरूको भीमा भागदौड मच्चिँदा ३५ वर्षीया रेवती नाम गरेकी महिला र उनका १३ वर्षीय छोरा श्री तेज गम्भीर घाइते भएका थिए ।

घाइतेहरुको तत्काल अस्पताल लगिएको भए पनि रेवतीको निधन भयो भने उनका छोराको अवस्था अझै गम्भीर अवस्थामा रहेको छ।उक्त घटनामा आफ्नो श्रीमतीको निधन र छोरोको अवस्था नाजुरक भएपछि उनी अल्लू अर्जुन विरुद्ध उजुरी परेको थियो।

रेवतीका पतिको उजुरीका आधारमा प्रहरीले अल्लू अर्जुन, उनको सुरक्षा टोली र थिएटर वस्थापनविरुद्ध मुद्दा दर्ता गरेपछि अर्जुन पक्राउ परेका हुन्।

Leave A Reply

Your email address will not be published.