सुचना, समाचार र मनोरन्जन

आजबाट ‘एमएसएम भिडियो’ओटीटीमार्फत रिलिज भयो ‘पीआर’

काठमाडौ,

फिल्म ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण भएको छ। बिहिबार ९आज०बाट एमएसएम भिडियोमार्फत प्रसारणमार्फत रिलिज भएको हो।

गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरुको समपना स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्नको लागि गर्ने संघर्षको कथालाई देखाउन खोजिएको छ। अधिकांश सुटिङ अष्ट्रेलियामा गरिएको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर।ए।सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के।सी।नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ। यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको छ।

Leave A Reply

Your email address will not be published.