Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘गौँथली’को बिक्यो ५ लाख नजिक टिकट,व्यापारमा साढे १३ करोडमाथि
- स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली’को उच्च माग, प्रमुख देशहरूमा रिलिज अधिकार बिक्री
- कवि तथा गीतकार उमा श्रेष्ठको कवितासंग्रह ‘मौन छ देश’ र दुई गीत सार्वजनिक
- हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ
- दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
- मानव सेवाको निमित्त गरिएको महायज्ञबाट ३ करोड ४५ लाख रुपैयाँ बचत
- काठमाडौँको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
- इबोलाले बढायो गर्भवतीको जोखिम
- इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
- ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँः आङ्देम्बे
काठमाडौँ,
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।
पार्टी संसदीय दलको कार्यालयमा आज संसदीय मामिला विषयमा कलम चलाउने पत्रकारहरूसँगको छलफलमा उनले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए । संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कांग्रेस अघि बढ्ने नेता आङ्देम्बेको भनाइ छ ।
“प्रमुख प्रतिपक्षी दलका नाताले सबै विपक्षीलाई समेटेर विमति राख्दै संसद्मा दैनिक कार्यसूची अघि बढाउन पनि सहयोग गरिएको छ । संसद्मा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौं, सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौँ,” उनले भने । कांग्रेस प्रमुख सचेतक वासना थापाले संसद्को प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राखे ।