सुचना, समाचार र मनोरन्जन

अनमोल केसीले भुवन केसीलाई युकेमा ढोगेको तस्विर भाइरल

काठमाडौं :

अभिनेता अनमोल केसीले आफ्नै बुवालाई ढोगेको तस्विर भाइरल भइरहेको छ। बुबा भुवन केसी सहित युके पुगेका उनले अवार्ड पाएपछि बुबाको खुट्टा ढोगेका थिए। उक्त ढोगेको फोटो भिडियो अहिले भाइरल भइरहेको छ। उक्त भिडियो टिकटकमा अपलोड भएको छ। सामाजिक सञ्जालमा यो भिडियो शेयर गर्दै धेरैले अनमोललाई ‘संस्कारी हिरो’ देखि ‘ज्ञानी छोरा’ भन्दै तारिफ गरिरहेका छन्।

यो भिडियो र तस्विर शनिबार साँझ लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)को हो। लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच अवार्ड वितरण गरिएको थियो। उक्त अवार्डमा उनले फिल्म ‘फर्की(फर्की’ बाट सर्वोत्कृष्ट नायकको अवार्ड हात पारेका थिए। त्यसैको खुशीमा उनले बुबाको खुट्टटा ढोगेपछि उपस्थित भएका अधिकांशले उनको फोटो भिडियो खिचेका थिए। सोही कार्यक्रममा भुवन केसीलाई नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्‍याएवापत लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।

Leave A Reply

Your email address will not be published.